सफा हिमाल अभियान टोलीले सगरमाथा र ल्होत्सेको गर्‍यो सफल आरोहण

काठमाडौं : ‘सफा हिमाल अभियान २०२२’ को टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको छ ।

नेपाली सेनाले सेनाका सह-सेनानी गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको जनाएको छ ।

बिहीबार बिहान ७ बजेर ५२ मिनेटमा कार्की र न्यौपानेले सगरमाथाको आरोहण गरेका हुन् । सेनाका अनुसार सेनाका सह-सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार