मौन अवधिको पहिलो दिन ओखलढुंगामा केही उल्लंघन भएन : जिल्ला प्रशासन


ओखलढुंगा ।  आज मौन अवधिको पहिलो दिन ओखलढुंगामा गम्भिर प्रकृतीका मौन अवधि उल्लंघनका घटना भएका छैनन् । मौन अवधिमा केही मानिसहरु हुलमा लुकेर मत माग्न हिडेको केही मौखिक उजुरी प्राप्त हुनासाथ टेलिफोन गरि सम्झाइएको तर, अन्य कुनै पनि अवाच्छित क्रियाकलाप भएको सूचना आफुलाई प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

मदिरा सेवन, उत्पादन, बिक्री वितरण, लगायतका घटनामा लगाइएको रोक र यसअघि नै राजनीतिक दलका नेताहरुले जनाएको प्रतिवद्धताका कारण पनि जिल्लामा शान्ति सुरक्षा कायममा सहयोग मिलेको र कुनै पनि अवाच्छित क्रियाकलाप नभएको सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले जानकारी दिइन ।

शान्ति सुरक्षा र मतदाताको अधिकारलाई निर्धक्क प्रयोग गर्न दिने वातावरण बनाउने जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार