ओखलढुंगामा धमाधम मतदाता परिचय पत्र वितरण हुँदै

ओखलढुंगा । आसन्न स्थानीय तहको निर्वाचनका लागि ओखलढुंगामा मतदाता परिचय पत्र वितरण गर्न थालिएको छ । जिल्लाका १ सय ५० वटै मतदान केन्द्रबाट आज देखि मतदाता परिचय पत्र वितरण गर्न थालिएको हो ।

मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिए । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताहरुलाई परिचय पत्र वितरण भइरहेको उनको  भनाइ छ ।

आज जिल्लाका प्राय: सबै केन्द्रबाट मतदाताहरुले उत्साहपूर्वक उपस्थित भएर परिचय पत्र लिएका छन् । परिचय पत्र भोलिसम्म वितरण हुने छ भने अत्यन्तै जटिल परिस्थितिका कारण आज र भोलि परिचय पत्र लिन नसकेका नागरिकले निर्वाचनको दिन पनि लिन सक्ने व्यवस्था रहेको निर्वाचन अधिकारी न्यौपानेले जानकारी दिए ।

यसैबीच, मतदाता नामावलीमा नाम दर्ता भएका तर साथमा मतदाता परिचय पत्र नभएकाहरुले पनि नागरिकता देखाएर मतदान गर्न सक्ने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार