फल्याकको छानारहित वडा निर्माण गर्छौंः पेमारिन्जी शेर्पा

काठमाडौं । नेकपा एमाले खिजीदेम्बा ९ पात्लेका वडा अध्यक्षका प्रत्यासी पेमा रिन्जी शेर्पाले वडालाई फल्याकको छानारहित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेले आयोजना गरेको चुनावी सभामा उनले फल्याकलाई विस्थापित गरेर जस्तापाताको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राज्यले खरको छाना विस्थापित गर्ने योजना ल्याएपनि फल्याकको छानालाई नसमेटिएकाले अब वडाबाट नै फल्याकको छानारहित घर बनाउने कार्यक्रम अघि सार्ने उनको भनाइ छ । आफूले निर्वाचनमा नतिजा निकाल्न सकेमा घुम्ती विद्यालय, १ घर १ धारा, सबै सडकहरुको स्तरोन्नती गरी हिउँदबर्षातमा सञ्चालन गर्ने विकास गर्ने उनको प्रतिबद्धता छ ।
यसअघि गाउँपालिका अध्यक्षले खानेपानी, एम्बुलेन्स लगायतको व्यवस्था गर्ने भनिएपनि समस्या पर्दा सेवा नपाएको भन्दै उनले गाउँपालिकाप्रति दुखेसो पोखे । उनले आफू वडा सदस्य हुँदा गाउँपालिकाले फरक दृष्टिकोणले हेर्ने र प्रशासनिक रुपमा समेत दुःख दिने नीति अघि सारेको आरोप लगाए ।
स्थानीय निर्वाचन हुँदा कतिपय उम्मेदवारहरुले पूरा गर्न नसकिने खाले बाचाहरु गरेर जनतालाई भ्रम पैदा गरिरहेको हुँदा त्यस्ता पूरा गर्न नसकिने बाचा आफूले नगर्ने बताए । कतिपय उम्मेदवारले देशकै लामो पुल, प्यारग्लाइडिङ् जस्ता दिवा सपना साँचेर अघि बढीरहेकाले जनतालाई झुक्याउने खाले कार्यक्रम आफूले नल्याएको प्रष्ट पारे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार