सरकारी अस्पताल नभएको ठाउँमा मात्र अब निजी अस्पताल खोल्न पाइने

काठमाडौं : सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने दिने नयाँ नीति ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले यसका लागि रणनीतिको मस्यौदा तयार पारिरहेको जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले बनाउन लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएको ठाउँमा मात्रै निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ । उनले भने,‘हाल सरकारी अस्पताल भएका ठाउँमा निजी र निजी भएका ठाउँमा सरकारी अस्पताल छन्, अब निजी अस्पताल खोल्दा सरकारी अस्पताल नभएको ठाउँमा मात्र खोल्न दिने प्रावधान ल्याउन लागेका छौँ।’

मन्त्रालयले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार हुने लक्ष्यसहित रणनीति तयार गरिरहेको पनि उनले जानकारी दिए । ‘स्वास्थ्य रणनीति तयार गर्न अहिले विज्ञ, संघसंस्था र सेवाग्राहीलगायतसँग सुझाव संकलन गरिरहेका छौँ,’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार