आचारसंहिताभित्र रहेर मात्रै प्रचारप्रसार

प्रमिला श्रेष्ठ, १६ वैशाख, २०७९

ओखलढुंगा (सार्वजनिक) । चुनावी प्रचारप्रसारका क्रममा आचारसंहिताको उल्लङघण नगर्ने सर्त सहित जिल्लाका राजनीतिक दलले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । स्थानीयको घरदैलोमा पुगेका राजनीतिक दलले आचारसंहिताको पुर्ण पालना गर्न अपनी जारी गरेको हो ।
निर्वाचनलाई शान्तिपुर्ण तवरले सफलपार्न राजनीतिक दलहरुको नै महत्वपुर्ण भुमिका हुने भएकाले आचार संहिता कार्यान्वयनमा गम्भिर हुनुपर्ने जनता समाजवादी पार्टीका प्रदेश सदस्य धीरेन्द्र रुम्दालीको भनाई छ । राजनीतिक दलहरुले भौतिक सहभागीता संगै सामाजिक संञ्जालबाट पनि चुनावी प्रचारप्रसार गरिरहेका छन् । यस पटकको निर्वाचनमा सबै दलले सामाजिक सञ्जाललाई प्रथामिकता दिएको छ । उनीहरुले फेसबुक, टिकटक सञ्चालन गर्ने गरी आइटी नै भाडामा लिएर नियूक्त गरेका छन् ।
कतिपय राजनीतिक दलहरुले पनि यसपटकको निर्वाचनलाई कम खर्चिलो बनाउने गरेर चुनावी तयारीमा जुटेका छन् । आफ्नो सहभागीता र पार्टीको अस्तित्व बचाउन समेत यस पटकको निर्वाचनमा सक्रिय रुपमा लागीपरेका छन् ।
यस पटक जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा, मंगोल नेश्नल अर्गजनाइजेशन, राप्रपा, नेकपा माले लगायत दलहरु चुनाबी प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार