आकांक्षीहरुको भीडबाट उम्मेदवार चयन गर्दा असन्तुष्टिः इन्चार्ज बुढाथोकी

लाक्पा जी शेर्पा
काठमाडौं (सार्वजनिक) । आकांक्षीहरु बढीहरु बढी भएकाले सहज रुपमा उम्मेदवार टुंग्याउन नसकेको एमाले नेता नानीबाबु बुढाथोकीले बताएका छन् । नेकपा एमालेका प्रदेश सचिवालय सदस्य तथा क्षेत्र नम्बर ‘ख’ का इन्चार्ज समेत रहेका बुढाथोकीले यस्तो बताएका हुन् ।
पार्टीमा लामो समय योगदान गरेका, योग्य, क्षमतावान अनगिन्ती नेताहरु रहेकाले पनि व्यवस्थापनमा चुनौति भइरहेको बुढाथोकीको भनाइ छ । ‘एकातिर योगदान गरेका साथीहरु हुनुहुन्छ । अर्कोतर्फ युवाहरु ल्याउनुपर्ने दबाबपनि छ । राजनैतिक रुपमा सबैलाई समेटिएर मिलाउने प्रयास भएको छ ।’ उनले सबैलाई मिलाएर अघि बढाउन खोजेको भएपनि समेट्न नसक्दा असन्तुष्टिहरु बढ्नु स्वभाविक रहेको बताउँदै यस पटक जिम्मेवारी नपाएकाले आगामी दिनमा मिलाएर लैजाने बताए ।
समृद्ध नेपाल सुखी नेपालीको सपनालाई पूरा गर्न सबैले अघि बढेका उम्मेदवारहरुलाई सघाउनुको विकल्प नभएको उल्लेख गर्दै अधिवक्ता समेत रहेका बुढाथोकीले यस पटकको चुनावमा एमाललाई चौतर्फी दबाब भएकाले मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।
उनले प्रतिगमन लगायतका आरोपहरु मिथ्या भएको र एमालेको विगतका मुद्दाहरुलाई संस्थागत गर्दै मुलुकको हितका लागि सबै दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता औल्याएँ । उनले पार्टीको तहगत निर्णय अनुसार उम्मेदवारहरुलाई सघाउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार