गोकर्णेश्वरमा शेर्पाको उपप्रमुखमा उम्मेदवारी

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको उपप्रमुखमा पेमा छिरी शेर्पा उम्मेदवार बन्ने भएका छन् । सत्तारुढ गठबन्धनसम्बद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएपछि शेर्पा नगर उपप्रमुखमा उम्मेदवार बन्ने भएका हुन ।
नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच मात्रै चुनावी गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए । दुई पार्टीबीच बनेको सहमतिअनुसार मेयरमा एकीकृत समाजवादीका गोपाल बराल उम्मेदवार बन्नेछन् ।
यसैगरी नगरभित्रका वडाहरूमा पनि सहमति भएको एकीकृत समाजवादीका वडा नं. ४ का अध्यक्ष विजयकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकामा भएको ९ वटा वडाहरूमध्ये माओवादी केन्द्रलाई १,२,३,५,७ र ९ गरी ६ वटा र बाँकी ४, ६ र ८ एकीकृत समाजवादीले लिने भएको छ । जसपाले पनि उनीहरुलाई केही सदस्य लिएर सघाउने छ ।
मेयर बराल, उपमेयर शेर्पासँगै वडाका प्रत्याशीहरूले वैशाख १२ गते मनोनयन दर्ता गर्ने तयारी भइरकेको पत्रकार सम्मेदनमा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार