सुकुम्बासी बस्तीमा आगलागी हुँदा ७३ घर जल्यो

काठमाडौं : कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी हुँदा ७३ घर जलेको छ। आइतबार दिउँसो विपतपुर सुकुम्बासी बस्तीमा आगलागी भएको वडाअध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

उनले भने,‘अहिलेसम्म ७३ घर जलेको छ,मानवीय क्षति भने भएको छैन।’ उनले अझै पनि आगलागी नियन्त्रणमा नआएको बताए । उनका अनुसार गौरीगंगाको दमकल बोलाइएको छ ।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीको टोली, कैलाली प्रहरी र २ ओटा दमकलले प्रयास गरिरहेको उनले जानकारी दिए । हालसम्म क्षति र आगलागीको कारण भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार