एमाले र जसपावीच तालमेल गर्ने संकेत

अन्जु राई
ओखलढुंगा (सार्वजनिक) । जिल्लाको मानेभन्ज्याङ, सिद्धिचरण, सुनकोसी र चम्पादेवीमा एमाले र जसपावीच गठवन्धन हुने संभावना बढेको छ । गठवन्धनमा रहेका केही दलसँग रुष्ट बनेको जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेर अघि बढ्ने जनाएको हो ।
एमाले र जसपाका जिल्ला तहका नेताहरु प्रमुख र उपप्रमुख र कतिपय ठाउँमा वडा अध्यक्षमा समेत गठवन्धन गर्ने गरी गहन छलफल भइरहेको स्रोतले जनायो ।
मानेभन्ज्याङमा एमालेले रुपलाल तामाङलाई प्रमुखमा अघि सारेको छ । त्यहाँ जसपाको तर्फबाट दीपेन्द्र रुम्दालीलाई अघि सार्ने तयारी भइरहेको विश्वस्त स्रोतले जनाएको छ ।
त्यस्तै, चिसंखुगढीमा एमालेले जीवन थापालाई अघि सारेको छ । जसपाले प्रमुखमा पासाङ किपा शेर्पालाई प्रस्ताव गरेपनि अन्ततः उपप्रमुखमा सहमति हुन सक्ने संभावना छ । अन्य गाउँपालिकामा पनि तालमेल गरेर अघि बढ्ने जनाएको छ । यता खिजीदेम्बामा समेत एमालेलाई उपप्रमुख दिएर सहमतिको प्रयास भइरहेको स्रोतको दाबी छ । तथापी, जसपाले सबै पदमा उम्मेदवार खडा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार