जसपाले खिजीदेम्बाको वडा ७ बाहेक उम्मेदवार टुंगो लगायो

काठमाडौं : जनता समाजवादी पार्टीले, खिजीदेम्बा गाउपालिकाको वडा-७ बाहेक सबै वडाका लागि उम्मेदवार टुंगो लगाएको छ । जसपाले चर्चित गायक गम्बु शेर्पालाई खिजिदेम्बाको अध्यक्षमा उम्मेदवारका लागि सिफारिस गरेको छ।

त्यस्तै, उपाध्यक्षमा मानकुमारी तामाङ, वडा-१ को अध्यक्षमा कुमार सुनुवार, वडा-२ मा खड्का सिंह तामाङ, वडा-३ मा चक्रबहादुर सुनुवार, वडा-४ मा विरमान तामाङ, वडा-५ मा दान बहादुर सुनुवार, वडा-६ मा जिल्ला सचिव समेत रहेका पासाङ निमा शेर्पा, वडा-८ मा ओङछे शेर्पा र वडा-९ मा पेमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको जसपाले जनाएको छ ।

वडा-७ मा भने केही समयपछि टुंगो लाग्ने बताइएको छ । जसपाले उम्मेद्वारको नाम औपचारिक रुपमा भने घोषणा गरेको छैन। वडा-७ को समेत उम्मेद्वार छनोट गरेर भोली मात्रै उम्मेदवारको अन्तिम विवरण सार्वजनिक गर्ने जसपा खिजिदेम्बाका अध्यक्ष कुसाङ शेर्पाले जानकारी दिए। वडा नम्बर सातमा झण्डै १० जनाले उम्मेद्वार बन्ने आकांक्षा देखाएकाले टुङ्ग्याउन समस्या भएको बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार