देशभर ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता हुँदै


काठमाडौं : स्थानीय तह निर्वाचनका लागि भोलि(आइतबार) र सोमबार ७७ वटै जिल्लाको मूख्य निर्वाचन अधिकृतसाथै ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै मनोनयन दर्ताबारे जानकारी दिएको हो । यही वैशाख ३० गते सबै स्थानीय तहहरुको एकै चरणमा निर्वाचन हुँदै छ ।

निर्वाचनका लागि अहिले धमाधम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ भइरहेको छ । निर्वाचन सामाग्रीहरु पनि जिल्लाहरुमा पठाउँदै आएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार