डब्ल्युएचओका महानिर्देशक जेनेभा प्रस्थान

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीन दिने भ्रमण पूरा गरी शनिबार जेनेभातर्फ प्रस्थान गरेका छन् ।

महानिर्देशक गेब्रेयसससँगै डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल लगायत अरु अधिकारीहरू पनि आज नै जेनेभा प्रस्थान गरेका छन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बिदाई गरेका थिए ।स्वास्थ्य मन्त्री विरोध खतिवडाको निमन्त्रणामा गत बिहिबार टेड्रोस नेपाल भ्रमणमा आएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार