‘के घर के डेरा’ फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा अनुबन्धित


काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बन्ने ‘के घर के डेरा’ फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण टिमले उनलाई अनुबन्ध गरेको हो ।

उक्त फिल्मका लागि यस अघि नै अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा अनुबन्धित भइसकेका छन् ।

निर्देशक खनालका अनुसार यही वैशाख २२ गतेबाट छायाँकन सुरु हुने छ । निर्माण टिमले फिल्मको सबै छायांकन काठमाडौं उपत्यकाभित्रै गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार