प्रहरी व्यवस्थापन नभए मधेशका प्रहरीचौकी खाली गराउने मन्त्री साहको चेतावनी

काठमाडौं : मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी समायोजन गर्न संघीय सरकारले आलटाल गरेर सहयोग नगरे मधेशका प्रहरीचौकी खाली गराउने चेतावनी दिएका छन् ।

बिहीबार दलित महिला केन्द्र नेपालले महोत्तरीको बर्दिबासमा आयोजना गरेको महिला तथा किशोरीहरूका निम्ति सुरक्षित समाज निर्माणका लागि सरोकारवालाको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले उक्त चेतावनी दिएका हुन् ।

उनले मन्त्रालयको नाम फेर्ने र प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने पनि चेतावनी दिएका छन् । उनले कार्यक्रममा भने,‘संघीय सरकारले प्रहरी समायोजन नगरेर अप्ठेरो बनाएको छ,संघीय सरकारले प्रहरी व्यवस्थापनमा सघाएन भने मधेशका प्रहरीचौकी खाली गराउनेछौँ।’

स्थानीय तहको चुनावलगत्तै प्रहरी समायोजन गर्नुपर्ने माग राख्दै आइरहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार