गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक उपाध्याय पक्राउ

काठमाडौं : गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले उपाध्यालाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटनमा बुझाइसकेको बताए । उनका अनुसार उनीविरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ । मुद्दा जाहेरीपछि प्रहरीले उपाध्यायको खोजी गरिरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार