चितुवाको छालासहित खिजीदेम्बाका शेर्पा पक्राउ

काठमाडौं । चितुवाको छालासहित चारजनालाई प्रहरीलाई पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट ओखलढुंगा खिजीदेम्बा ९ का फुरी शेर्पासहित चारजनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्पर बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–५ बस्ने २९ वर्षी शेर्पासहित गुल्मीको चन्द्रकोट गाउँपालिका–७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, हाल धादिङ गजुरी गाउँपालिका–५ घर भई हाल भक्तपुर चागुनारायण–५ मै बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।

दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारमा लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चित गेष्ट हाउसबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट चार थान मोबाईल फोनसमेत बरामद गरेको र पक्राउ परेका चारै जनालाई थप आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार