७७ वटै जिल्लामा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं : निर्वाचन आयोगले सबै जिल्लाहरुमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ । बिहिबार पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा कार्यालय स्थापना भइसकेको जानकारी दिएका हुन् ।

आयोगले आचारसंहिता विपरीत चुनाव चिह्न अंकित सामाग्री उत्पादन पनि तत्काल बन्द गर्न सबैलाई निर्देशन दिएको छ। ‘आजबाट जिल्लामा निर्वाचन सामाग्रीहरु पनि पठाउन थालेका छौँ,क्रमश जिल्लाहरुमा पनि सामाग्री पठाउँछौँ,’प्रवक्ता पौडेलले भने ।

उनका अनुसार आज मुगु,बाजुरा,सोलुखुम्बु,अछाम,जाजरकोट,काठमाडौं र ताप्लेजुङ जिल्लामा सामाग्री पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार