ओखलढुंगाको टोल-टोलमा भिटामिन ए र जुकाको औषधी खुवाइने


ओखलढुंगा : राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने अभियान हिजोबाट शुरु भएको छ । हिजो र आज देशब्यापी रुपमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन थालेको हो ।

अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले स्वास्थ्य स्वयमसेविकाहरुलाई व्यापक मात्रमा परिचालन गरेका छन् । जिल्लाका ६ सय ९० जना महिला स्वास्थ्य स्वयम्सेविकाहरु मार्फत आज र बाँकीलाई भोली टोलटोलमा बालबालिकाहरुलाई जुकाको औषधी र भिटामिन ए खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए।

५ देखी ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने छ ।

भिटामिन ए र जुकाको औषधीसंगै ६ महिना देखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा समेत दिइन्छ । तर, जिल्लाको हकमा भने प्रत्येक महिना स्वास्थ्य संस्थाबाट नियमित रुपमा सो उमेर समूहका बालबालिकालाई बालभिटा वितरण गर्दै आएका छन् ।

भिटामिन ए को कमीबाट लाग्ने रोगहरुबाट बच्न र स्वास्थ्य जनशक्ति निर्माण गर्न अनिवार्य रुपमा यी औषधीहरु खुवाउनुपर्नेमा जिल्ला स्वास्थ्या कार्यालयको जोड छ ।

दुई दिने अभियानको क्रममा छुटेकाहरुलाई नजिकको स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिकमा समेत गएर औषधी खुवाउन सकिने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार