उम्मेदवार बन्न राजीनामा दिनुपर्ने सर्वोच्चको फैसला

काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने फैसला गरेको छ ।

अदालतले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको हो ।

मंगलबार यसअघिको जारी अल्पकालीन अन्तरिम आदेश न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खारेज गरेको हो ।

सर्वोच्चको यो फैसलसँगै अल्पकालीन आदेशले रोकिएको निर्वाचन आयोगको आचारसंहिता बाटो पनि खुलेको छ । यही वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार