गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलबार अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । सरकारले २०७८ चैत २५ गते सरकारलाई असहयोग गरेको, अर्थसम्बन्धी नीतिगत सूचनाहरु चुहाएको लगायत आरोप लगाउँदै उनलाई निलम्बन गरेको थियो ।

निलम्बित भएपछि अधिकारीले कुनै जानकारी नै नदिई आफूमाथि छानबिन गर्न समिति गठन गरिएको र निलम्बन खारेजीको माग राखेर अदालत रिट दायर गरेका थिए । अदालतले दुवै पक्षलाई अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफलका लागि बैशाख १३ गते बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार