एसइई परीक्षामा ओखलढुंगाबाट दुई हजार बढी सहभागी हुँदै,सबै तयारी पूरा


ओखलढुंगा : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ओखलढुंगाबाट यस वर्ष २ हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही बैशाख ९ गतेबाट सुरु हुने परीक्षामा जिल्लाबाट प्राविधिक धार तर्फका १ सय ३२ सहित कूल २ हजार ८ सय ९ जना सहभागी हुने भएका हुन् ।

कोभिड-१९ का कारण रोकिएको दुई वर्षपछि हुन लागेको परीक्षाका लागि जिल्लामा १६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक दिलकुमार तामाङले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी वरुणेश्वर मावि रामपुरबाट २ सय ६७ जना र सबैभन्दा कम सरस्वती मावि खानिभञ्ज्याङ परीक्षा केन्द्रबाट ८३ जना परीक्षामा सहभागी हुँदै छन् ।

त्यस्तै, सगरमाथा जनता मावि केन्द्रमा प्राविधिक तर्फका सबै परीक्षार्थी सहित २ सय ३०, रुम्जाटार मावि रुम्जाटार २ सय ४८, हिमालय मावि निशंखे १ सय ६४, प्रबुद्ध मावि च्यानम २ सय २०, चण्डेश्वरी मावि रगनी १ सय ६८ र ज्ञानप्रकाश मावि घोराखोरीबाट १ सय ४५ जना परीक्षार्थी सहभागी हुँदै छन् ।

त्यसैगरी, माम्खा मावि माम्खा १ सय ५५, ग्रामोदय युगकवी सिद्धिचरण मावि गाम्नाङटार १ सय ४०, भगवती मावि मानेभञ्ज्याङ १ सय ६६, राज्यलक्ष्मी मावि उँबु १ सय ४३, कालिका मावि सिस्नेरी २ सय १०, गोल्मादेवी मावि पलापु १ सय ५५, विगुटार मावि विगुटार १ सय २७ र फुलमती मावि खिजीफँलाटेबाट १ सय ९३ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् ।

परीक्षामा सम्बन्धित परीक्षा केन्द्रका प्रधानाध्यापक नै केन्द्राध्यक्ष हुने ब्यवस्था रहेको र परीक्षाका लागि सबै तयारी पूरा भैइसकेको शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार