सकियो ९५ लाख थान बढी मतपत्र छपाइ

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकिएको जनाएको छ ।

आयोगले सोमबार पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका मतपत्र छपाइ सकिएको जानकारी दिए ।

आयोगका अनुसार करिब दुई करोड मतपत्र छापिने छ । मतपत्र सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अहिले धमाधम छापिरहेको छ । ।

पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्वाचनको तयारी तीव्र बनाइएको पनि जानकारी दिए। उनले भने,‘हामीले आचारसंहिता उलंघन गर्ने राजनीतिक दल र नेताहरुसँग जवाफ माग गरेका छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार