‘भ्रष्टाचार नियन्त्रण नगरे मुलुक खाइदिन्छ’

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण नगरे यसले मुलुक सिध्याइदिने बताएका छन् । आइतबार राजधानीमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्धघाटन गर्दै उनले तत्काल भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

सभामुख सापकोटाले आफूले दुई पैसाको पनि भ्रष्टाचार नगरेको दाबी गरे। भ्रष्टाचारविरुद्धको अभियानमा आफूले सधै साथ दिने उनको भनाई छ ।

उनले भने,‘मैले जानेर दुई पैसा पनि नाजायज ढंगले लिएको छैन,हामीले समयमै भ्रष्टाचारलाई खबरदारी गरेनौँ भने यसले हाम्रो मातृभूमि खाइदिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार