निलम्बित गभर्नर अधिकारीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं : सर्वोच्च अदालतले निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारी निर्णयविरुद्ध दिएको रिट दर्ता गरेको छ । अदालतका प्रवक्ता विमल पौडेलले अधिकारीको निवेदन दर्ता भएको जानकारी दिए ।

सरकारले २०७८ चैत २५ गते सरकारलाई असहयोग गरेको, अर्थसम्बन्धी नीतिगत सूचनाहरु चुहाएको लगायत आरोप लगाउँदै उनलाई निलम्बन गरेको थियो ।

निलम्बित भएपछि उनले कुनै जानकारी नै नदिई आफूमाथि छानबिन गर्न समिति गठन गरिएको र निलम्बन खारेजीको माग राखेर अदालत पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार