नयाँ र क्रियाशिलका लागि पत्रकारिता तालिम हुने

काठमाडौं । नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाको आयोजनामा आधारभूत र क्षमता विकास पत्रकारिता तालिम आयोजना हुने भएको छ । सिद्धिचरण नगरपालिकासँगको समन्वयमा ७ दिने तालिम आयोजना गर्ने भएको हो ।
तालिममा पत्रकारितामा रुची राख्ने नयाँका लागि आधारभूत र पत्रकारिता गरिरहेकाहरुका लागि क्षमता विकास तालिम गरी दुई चरणमा हुने अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिए ।
तालिममा सहभागि संख्या न्यूनतम् २५ जना निर्धारण गरेको छ । पुराना र नयाँ गरी ५० जनाले तालिममा सहभागि हुन पाउने सचिव पूर्ण प्रसाद न्यौपानेले जानकारी दिए । महासंघको भवनमा हुने तालिम आगामी फागुन ७ गतेदेखि सञ्चालन हुनेछ । तालिममा सहभागि हुनेहरुले आफ्नो परिचय खुल्ने कागजातसहित माघ २८ गतेभित्र सम्पर्क गर्नुपर्ने जनाएको छ । तालिममा ख्याती प्राप्त पत्रकारबाट प्रशिक्षण दिइने आयोजकले जनाएको छ । तालिममा सहभागि हुन कुनै शुल्क र शर्त तोकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार