चाइना पास एक वर्षदेखि बन्द

चिन प्रवेशका लागि रसुवा जिल्लाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चिन आगमन प्रस्थान अनुमान पत्र (चाइना पास) को वितरण एक वर्ष देखि रोकिएको छ ।

कोभिड -१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिए सँगै पास वितरण रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेबाट मानिसको आवतजावत रोकिएका कारण पास बन्द गरिएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताए ।

नाकाबाट पारि जान नपाउने भएपछि पास जारी गर्न छाडिएको हो । नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि पास वितरण लाई निरन्तरता दिइने उनको भनाई रहेको छ ।चिन सँगै सिमाना जोडिएको रसुवा जिल्ला का नागरिक चीनको स्वशासित क्षेत्र तिब्बत को केरुङ सम्म आवतजावत गर्न पाउँछन् ।त्यहाँ जानका लागि कार्यालयले पास उपलब्ध गराउँदै आएको थियो ।

एक पटक पास बनाएपछि एक वर्ष त्यही गएर बस्न पाइन्छ ।रोजगारीका लागि प्रचुर सम्भावना रहेको केरुङ जानका लागि यहाँका करिब १२ हजार ले चाइना पास बनाएका थिए ।कार्यालयले २०७२ असोज २८ गते देखि पास जारी गर्न थालेको हो।त्यस यता रसुवाका १२ हजार एक सय ४३ जनाले पास लिइसकेका छन् ।

त्यस भन्दा अधि जिल्ला प्रशासन कार्यालय बाट पास लिने व्यवस्था गरिएको थियो ।कम खर्चमा धेरै आम्दानी हुने,आवतजावत गर्न सहज र राहदानी बनाउने झन्झट नहुने भएपछि पछिल्लो समय चीनको केरुङ मा करिब एक हजार नेपाली कार्यरत थिए ।त्यहाँ रहेका नेपाली मध्ये प्रायः जसो होटेल,डान्स वार ट्रान्सपार्ट र ब्लक निर्माण लगायतका क्षेत्रमा कार्यरत छन् ।

नेपाल चिन सीमा क्षेत्रमा बस्ने नागरिक लाई चिन सरकारले दिँदै आएको एक वर्षको प्रवेशाज्ञा लिएकामध्ये करिब २५ प्रतिशत रसुवा का नागरिक ले विगतमा केरुङमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार